पोखरीया माविद्वारा विद्यार्थीलाई पुरस्कार प्रदान

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित पोखरीया माध्यमिक विद्यालयले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षामा छात्रवृत्तिसहित अध्ययनका लागि नाम निकाल्न सफल भएका १० जना विद्यार्थीलाई बिहीबार नगद पुरस्कार सहित सम्मान गरेको छ ।

इन्जिनियरिङ अध्ययनका लागि २०७८ सालको कक्षा १२ को प्रवेश परीक्षामा नाम निकाल्न भएका विद्यार्थीहरूलाई धन्यवादसहित नगद पुरस्कारले सम्मान गरेको विद्यालयले जनाएको छ ।

बिहीबार विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा उच्च शिक्षाको कामना सहित पोखरी या माविको गरिमा राख्न सफल भएका विद्यार्थीहरूलाई धन्यवादसहित सफल शिक्षाको कामना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले बताए ।
औपचारिक कार्यक्रमका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टंक गौतमले पोखरी या माविले सामुदायिक विद्यालय शैक्षिक हिसाबले अरू भन्दा कम नभएको प्रमाणित गरेको बताए ।

कार्यक्रममा विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले विराटनगरभित्रै र बाहिरका सामुदायिक विद्यालयले पोखरी या माविको जस्तो शैक्षिक वातावरणको सिको गर्न आवश्यक रहेको बताए ।
पोखरी या माविले पछिल्ला दिनमा शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै आएको छ ।

बिहिबार, २९ मंसिर, २०७९, साँझको ०५:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर