मेरिल्यान्डमा वक्तृत्वकला प्रतियोगिता

विराटनगर । विराटनगर– ७ मा रहेको मेरिल्यान्ड कलेजमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

कक्षा –११ र १२ का विद्यार्थीहरूको सहभागी भएका थिए । ‘सामाजिक अपराध नियन्त्रणमा युवाको भूमिका’ विषयक प्रतियोगितामा नेपाली र अंग्रेजी दुवै विधामा सञ्चालन भएको थियो । प्रतियागयतामा सहभागीहरूले समाजमा भइरहेको जल्दो बल्दो विकृति र विसङ्गति हटाउन गर्न सकिने उपायबारे प्रस्तुति दिएका थिए ।

प्रतियोगितामा अंग्रेजी तर्फ क्रिथा पोखरेल प्रथम, रानी साह दोस्रो, स्तुति सुवेदी तेस्रो तथा रोहित कुमार सिंह ,सान्त्वना स्थान प्राप्त गरेका थिए भने नेपाली तर्फ प्रथम प्रिन्स भगत, दोस्रो क्रिस्टा पोखरेल, तेस्रो आशिष आचार्य, एलिना रेग्मी सान्त्वना स्थान प्राप्त गरेका थिए । विजयी विद्यार्थीहरूलाई कलेजका अध्यक्ष गुणराज ढुङ्गेल, प्रिन्सिपल लक्ष्मण ढकाल, प्रा। डा। पी।के।झा, लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा नेपाली तर्फको निर्णायकमा कवि तथा साहित्यकार विवस पोख्रेल र अंग्रेजी तर्फको निर्णायकमा महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक राजन दत्तले गरेका थिए ।

प्रतियोगिताको सञ्चालन कलेजकी कक्षा – १२ की छात्रा तथा बाल क्लब विराटनगरकी संयोजक क्रिस्टीना निरौलाले गरेकी थिइन् । विद्यार्थीहरूलाई शैक्षिक बाहेक अन्य वृत्ति विकास गर्न कलेजले विभिन्न अतिरिक्त क्रियाकलाप वार्षिक शैक्षिक क्यालेन्डर मै राखेको कुरा कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए ।

सोमबार, २१ कार्तिक, २०७९, साँझको ०६:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर