केराबारी । मोरङको केराबारीमा युवाहरूले ६ बर्स अघि सञ्चालनमा ल्याएको नव पाइला बचत तथा ऋण सहकारी संस्थाले शनिवार देखि आफ्नो सम्पूर्ण सेवा तथा कारोबार डिजिटल प्रविधिबाट सुरु गरेको छ।
साकोसले शनिवार छैटौँ वार्षिक साधारण सभाको अवसरमा नव पाइला मोबाइल बैङ्किङ ९डिजिटल सेवा०को शुभारम्भ गरेको हो । मोवायल बैङ्किङ सेवाको केराबारी गाउँपालिका अध्यक्ष सुमन मगर मिरिङचिङले आफ्नो मोबाइल बाट रकम ट्रान्स्फर गरी सेवा सुचारु भएको घोषणा गरी उद्घाटन गरेका थिए।
सामाजिक उत्तर दायित्व अन्तर्गत विभिन्न रचनात्मक कार्यक्रम गर्दै आयको सो संस्थाले अन्य सहकारीको तुलनामा फरक र सृजनशील सन्थाको रूपमा परिचित गराउँदै बचत तथा शेयर सदस्यहरूको मन जित्न सफल भएको खदम हिल साकोसका अध्यक्ष मनोज खड्काले बताए । संस्थाले आगामी आर्थिक वर्ष देखि नयाँ र फरक सोचका साथ नव पाइला मार्ट सुरु गर्ने लक्ष्य लिएको संस्थाका अध्यक्ष चन्द्र बहादुर मगरले बताए ।
२६ जना सेयर सदस्यहरूबाट प्रतिसदस्य ५ हजार रकम सङ्कलन गरी १ लाख ३० हजार बाट कारोबार सुरु गरेको सो साकोसले ४ सय ५१ जना सदस्यबाट १ करोड ४० लाख ९५ हजार २सय १४ रुपैयाँ निक्षेप सङ्कलन २ करोड ८५ लाख ७ हजार ९ सय ९४ रुपैयाँ ऋण लगानी गरी आर्थिक वर्ष २०७८र०७९ मा सम्पूर्ण खर्च कटाएर ४ लाख २३ हजार २सय ९३ रुपैयाँ मुनाफा आर्जन गरेको प्रतिवेदन पारित गरेको छ।
सुपथ मूल्यको सहकारी सञ्चालन तयारीमा
यसै बिच साकोसले वित्तीय कारोबारलाई केन्द्रित गरी उपभोक्ता र सदस्यहरूलाई सहुलियत मा सामान उपलब्ध गराउने गरी स्थानीय उत्पादित वस्तुलाई बजारीकरण गर्ने उद्देश्यका साथ नव पाइला मार्ट सुचारु गर्ने प्रस्ताव पारित गरेको छ।
नव पाइला सुपथ मूल्य पसल९नव पाइला मार्ट को अवधारणा अघि सारी सुरु गरिन लागेको सो पसलमा सुरुमा ५० लाख सम्म र त्यसपछि १ करोड बराबरको लगानीमा व्यवसाय सञ्चालन गर्ने लक्ष्य रहेको बताउँदै साधारण सभामा प्रस्ताव पेस गरिएको छ । प्रस्ताव पारित भएपछि आगामी वर्षदेखि सुरु गर्ने समेत संस्थाले जनाएको छ ।
संस्थाको अध्यक्ष चन्द्रबहादुर मगरको सभापतित्व र केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरको प्रमुख आतिथ्यता र उपाध्यक्ष मनमाया मगरको विशेष आतिथ्ययतामा सम्पन्न भएको साकोसको छैटौँ वार्षिक साधारण सभामा १० नम्बर वडाध्यक्ष पूर्ण बहादुर मगर, खदमहिल साकोसका अध्यक्ष मनोज खड्का, केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष किशन शाही, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै संस्थाले छोटो समयमा गरेको प्रगतिको खुलेर प्रशंसा गर्दै संस्थाले केराबारीको वित्तीय कारोबारमा फड्को मारेको बताउँदै आगामी दिनमा व्यावसायिक सफलताको शुभकामना व्यक्त गरेका थिए ।

