फिक्कल । कृषि क्षेत्रमा गुणस्तरियता नहुँदा नेपालको उत्पादनले आन्तरिक र तेश्रो देशको बजारमा समस्या भोग्दै आएको एक कार्यक्रमका सहभागिले बताएका छन् ।
इलामको सूर्योदय नगरपालिका–८ शान्तिचोकमा आयोजित किसानसंग कृषिमन्त्री कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कृषि क्षेत्रको विकास र विस्तारका लागि गुणस्तर सुधार गर्नुपर्ने समेत आवाज उनिहरुले उठाएका छन् ।
प्रसवि मिडिया प्रालिको आयोजनामा कृषि क्षेत्रका सरोकारवाला र प्रदेशका कृषिमन्त्री झलकबहादुर मगरसँगको अन्तरक्रियामा तीनै तहको सरकारसंगको समन्वयबाट कृषि र पशु सेवाका समस्या समाधान गर्न समेत सहभागिहरुले माग गरेका छन् ।
प्रदेश सरकारका कृषिमन्त्री झलकबहादुर मगर अर्थतन्त्रको हिस्सामा २९ प्रतिशत कृषि क्षेत्रले गरेको बताएका छन् । देशले रेमिट्यान्सले मात्र धान्न सम्भव नभएकाले कृषिको माध्यमबाट अघि बढाउनुपर्ने उनले बताए । दुध, चिया, अदुवा, अलैची, मासुजन्य पदार्थ, पुष्प व्यवसाय अलैची नै प्रदेश १ को सम्भावनाको क्षेत्र रहेको मन्त्री मगरको भनाइ रहेको छ । कृषि क्षेत्रका केही जटिल समस्याहरु संघीय सरकारसंगको सहकार्यमा हल हुनेमा विश्वस्त रहन कृषकहरुलाई उनले आग्रह समेत गरेका छन् । मन्त्री मगरले चिया क्षेत्रमा देखिएको समस्याहरु गम्भिर भएकाले संघीय सरकारले भारत र अन्य तेश्रो मुलुकसंग कुटनीतिक छलफल गरेर समाधानका लागि लाग्नुपर्ने बताए ।
प्रदेश सांसद धिरेन्द्र शर्माले लाइभस्टक, पशुपंक्षी र मौरीपालनले अर्गानिक क्षेत्र तर्फ जाने मुल श्रोत हुने बताए । चिया अलैची अनुसन्धन केन्द्रका लागि इलामको साखेजुङ कार्यालय स्थापना गरिएको बताउँदै शर्माले जग्गा प्राप्ती र इन्जिनियरीङको कार्य अघि बढेकाले चियाको क्लोन विकास र अलैची क्षेत्रको पुनरुत्थान गर्न सकिने बताए । कृषि उत्पादनमा गुणस्तरियता कायम गर्दै विश्वनियता बढाउनुपर्ने बताए । दुग्द्यजन्य उद्योगहरु स्थापना गरेर आयात प्रतिस्पथापनमा अघि बढे आर्थिक उपार्जनमा समेत सहज हुनेमा उनले जोड दिए ।

सूर्योदय नगर उपप्रमुख दुर्गा बरालले चिया क्षेत्रको समस्या समाधानका लागि नगर गम्भिर रहेको बताए । उनले चिया किसानहरुको उत्पादनलाई कार्यविधि बनाएर न्युनतम ४० रुपैया दिने प्रयास भएको समेत बताए । बरालले किसानहरुलाई चियाको मुल्य सुनिश्चित गर्न नै कार्यविधि अघि सारिएको बताए । युवा पुस्ताले सकारात्मक सोचका साथ अघि बढे समस्याहरु सहजै हल भएको जानेमा जोड दिए ।
रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोलेले पालिकाले हाल सहुलितय कर्जा उत्पादन भन्दा पनि उत्पादनपछिको परिणामलाई केन्द्रित हुने मोडलमा लग्ने गरिने प्राथमिकतामा राखिएको बताए । स्थानीय जनताहरुको छरिएर रहेका उत्पादनलाई एकत्रित गर्ने कार्यका लागि सहकारी उपयोगी हुने समेत उनले बताए । अनुदानको कार्यलाई बन्द गरेर किसानहरुलाई सहुलितय ब्याजमा लगानी गर्दा कृषि क्षेत्रले समृद्धि हासिल गर्ने उनले बताए ।
निर्वतमान प्रदेश सांसद काजीमान कागतेले नीति र बजेट तर्जुमा गर्नुभन्दा पहिला किसानहरुसंग अन्तरक्रिया गर्नु पर्ने बताएका छन् । कृषिमा प्रदेशले धेरै फड्को मारेको बताउँदै कागतले व्यवस्थापन गर्न जरुरी देखिएको बताए । कृषिलाई पर्यटनमा लाग्ने बिषयमा कृषि मन्त्रालयबाट छुटनु नहुने बताए । चिया क्षेत्रसंग जोडिएका पर्यटन अहिलेको अवस्थामा सम्म आइपुगको बताउँदै व्यवस्थापन आवश्यक रहेको उनको भनाइ रहेको छ ।
कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले कृषि र पशुजन्य उत्पादन गुणस्तरियतामा माथी उठेको प्रश्न बारेमा स्वकार गर्नुपर्ने बताए । कृषि मन्त्रालय उत्पादन गुणस्तरियतामा केन्द्रित रहँदै स्वदेशी उपभोक्तालाई लक्षित गरेर लाग्नुपर्ने बताए । संस्थागत रुपमा कृषि र पशु क्षेत्रमा चाहिने प्रविधि उपकरण र सेवाको सन्र्दभका प्रदेश सरकारले सदैव सहयोग गर्ने उनले बताए ।
प्रदेश कृषि निर्देशनालयका निर्देशक प्रकाश डाँगीले प्रदेश सरकारमा जनशक्ति कमी नहूँदा प्रेस्टिसाइड जाच्ने प्राविधिक अभाव भएको बताए । प्रदेशमा विषादी नियमावली समेत बनाउन नसक्दा समस्या देखिएको बताए ।
पशुपन्छी तथा मत्स्य शाखा निर्देशक डा पशुपति ढुंगानाले आयात निर्यातमा नियन्त्रण सम्बन्धी भारतको चिज बन्द गरिएको भएपनि अहिले छापछाप्ती पाइने गरेको बताए ।
कृषि मन्त्रालय योजना महाशाखा प्रमुख पशुपति पोखरेल गुणस्तर सुधार गर्ने बारेमा प्रदेश सरकार कान्छो सरकार भएकाले थोरै जनशक्ती भएकाले चिया अलैची क्षेत्रमा विज्ञहरुको अभावका कारण चुनौती देखिएको बताए । हरेक पालिकामा कृषि र पशु विज्ञहरु राख्नका लागि निजामती ऐन नभएकाले समस्या देखिएको उनको भनाइरहेको छ ।
अलैची विकास केन्द्रकी बागवान अधिकृत अनुपा सुवेदीले अलैचीको मुल्यमा भारतीय नियन्त्रणमा रहेकाले समस्या रहेको बताइन् । उनले गत बर्षको तुलनामा यस बर्ष अलैचीका उत्पादन बढको बताइन् ।
चिया उद्योगी महेश अर्यालले किसानहरुलाई सहुलियत दरमा ऋण र अनुदान हुनुपर्ने बताए । उनले स्थानीय सरकार जस्तै संघ र प्रदेशको सरकार दिगो हुनुपर्ने बताए । अर्यालले चिया नै कृषिमा नरहेको गुनासो राख्दै मलखादमा चिया क्षेत्रलाई विभेद गरिएको बताए ।
फुल व्यवसायी लासाङ तामाङले विदेशबाट लाखौ रुपैया फुल आयात भएको बताउँदै प्रदेश कृषि मन्त्रालय र कृषि ज्ञान केन्द्रबाट अनुदानको पाटोमा विभेद भएको बताइन् । उनले फुल व्यवसायमा सरकारले अनुदान दिन नसकेको बताइन् ।
नेकपा एकिकृत समाजावादीका अध्यक्ष कमल गदालले पशुपतिनगरमा रहेको चिज उद्योग संचालनमा नहुँदा राज्यले कर्मचारी पाल्नु भन्दा अन्य क्षेत्रमा समायोजना गरिनुपर्ने बताए । गदालले चिज उद्योगको संरचनालाई अन्य प्रयोजनमा लगाउन समेत सुझाव दिए । अलैची व्यवसायी महासंघको केन्द्रिय सदस्य कुसुम दाहालले ट्रेडमार्क नहुँदा नेपालको अलैची अन्तरराष्ट्रिय बजारमा समस्यामा परेको बताइन् । अलैची क्षेत्र रोगले सखाप भएकाले सरकारले यस बारेमा गम्भिर हुनुपर्ने बताइन् ।
होमस्टे व्यवसायी महासंघको उपाध्यक्ष लिला भट्टराईले कृषि र पर्यटनलाई संगै लिएर जान सके आर्थिक उपार्जनमा समेत सहज हुने बताइन् । अग्रज चिया किसान मान बहादुर लाप्चाले चिया क्षेत्रलाई अर्गानिकरण गर्नुपर्ने माग उठेपनि विकल्प नभएको बताए । उनले चियाका आधा उमेर बिताएपनि हालसम्म चियामा रसायनिक मलखादको विकल्प नदेखिएको बताए ।
नेकपा एमाले सूर्योदयकी अध्यक्ष एवम निवर्तमान नगर उपप्रमुख दुर्गादेवी भट्टराईले हरेक वडामा कृषि प्राविधिक हुनुपर्ने बताइन् । उनले कन्याम चिया बगान आसपासमा बिषादीको प्रयोगले क्यान्सरको जोखिम देखिएकोमा चिन्ता व्यक्त गरिन् । भट्टराईले बिषादीको विकल्पमा प्रांगारिक मलखादको व्यवस्थापन गर्न आग्रह गरिन् । सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले नेपाल भारत नाका सहज बनाए नेपालको कृषि उपज निर्यातमा सरकारी पहल हुनुपर्ने बताए । राईले नेपालमा उत्पादन भएका कृषि उपजहरु भारत निर्यात भइरहेपनि नाका बैधानिक नहुँदा समस्या देखिएको बताए । आयात निर्यातका बारेका तीनै तहको सरकारले ध्यान दिनुपर्ने उनले बताए ।
चिया किसान माधव निरौलाले चिया तथा कफि विकास बोर्डलाई छुट्याउनुपर्ने बताए । उनले पुर्वका चिया खेती र पश्चिममा कफि खेतीको सम्भावना उच्च भएकाले अलग अलग बोर्डको आवश्यकता पर्ने बताए । चिया किसान कमल खड्काले सरकारले अर्गानिक गर्ने नीति लिएपनि सहयोग नगरेको बताए । उनले अर्गानिक प्रमाणिकरणका लागि लाखौ रुपैया लाग्ने भएकाले किसान स्तरबाट सम्भव नभएकाले सरकारले सहयोग गर्नुपर्ने बताए ।
चिया किसान अविनन्द गिरीले चियामा जथाभावी विषादीको प्रयोगले गुणस्तर खस्किएको बताए । उनले चिया तथा कफि विकास बोर्डले चिया क्षेत्रमा पर्याप्त सहयोग गर्न नसकेको बताए । गिरीले चिया टिपाई देखि बजारसम्म पु¥याउन सहयोग गर्न आवश्यक देखिएको बताए ।
चिज उद्यमी महेन्द्र प्रधानले भारतीय चिजका कारण नेपाली चिज संकट परेकाले आयात रोक्न सरकारी पहल हुनुपर्ने बताए । कार्यक्रममा विभिन्न संघसंस्थाले कृषि मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।
कार्यक्रममा प्रसवि मिडिया प्रालिका निर्देशक विवेक गौतमले स्वागत मनत्वय राखेका थिए भने पत्रकार राजु अधिकारीले संचालन गरेका थिए । कार्यक्रमको अध्यक्षतामा संस्थाका अध्यक्ष बिनोद घिमिरेले गरेका थिए।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!