विराटनगर । अभिनेता पल शाहले बलात्कारको मुद्दामा सफाइ पाएका छन । जिल्ला अदात नवलपुरले उनलाई बलात्कारको मुद्दामा सफाइ दिएपनिबाल यौन दुरुपयोगको मुद्दामा भने साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ ।
यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ ।
गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो ।

