विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ का १३७ वटै पालिकाका अध्यक्ष, सचिव र कोषाध्यक्षले हरेक महिनाको ७ गते बैठक राख्ने संकल्प गरेका छन् ।
माओवादी केन्द्र प्रदेश १ ले सुनसरीको इटहरीमा सोमबार आयोजना गरेको राजनीतिक तथा सांगठनिक प्रशिक्षण कार्यक्रममा उनीहरूले नियमित बैठक राख्नेसहित ७ संकल्प गरेका छन् । उक्त कार्यक्रममा १४ वटै जिल्लाका जिल्ला समन्वय समितिका संयोजकहरू, पालिका समितिका इन्चार्ज, अध्यक्ष, सचिव र कोषाध्यक्षहरू सहभागी थिए । सो कार्यक्रममा प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङले प्रस्ताव गरेको ७ संकल्प प्रस्ताव पारित भएको हो ।
पारित संकल्पमा प्रत्येक महिनाको ७गते पालिका समितिको बैठक राख्ने, जिल्ला समन्वय समितिको बैठक प्रत्येक २ महिनामा २ गते राख्ने, बैठक राख्ने निर्णय कार्यान्वयन नगर्ने समितिलाई अनुशासनको दायरामा आउन सहमत हुने, सबै पालिकाहरूमा २०७९ असोज मसान्तभित्र पार्टी कार्यालय संचालनमा ल्याइसक्ने लगायत उल्लेख छ ।
यस्तै सोही कार्यक्रममा प्रदेश कार्यालयको तर्फबाट अध्यक्ष मिक्सोले पारित संकल्प प्रस्ताव कार्यान्वयन भएन भएको अनुगमन गर्ने र मातहतका सबै समितिलाई अनुशासनको दायरामा ल्याउने, राम्रो काम गर्ने समिति र सदस्यहरूलाई वर्षमा एक पटक पुरस्कृत र सम्मान गर्ने बताएका थिए ।
कार्यक्रममा माओवादी प्रदेश १ का उपाध्यक्ष पृथ्वीकिरातीले आगामी निर्वाचनबारे, उपाध्यक्ष विजय साम्पाङले प्रचार–प्रसारबारे, सचिव गणेश उप्रेती ९सुशील०ले राजनीतिक तथा सांगठनिक, कोषाध्यक्ष गगन पुरीले आर्थिक परिचालन सम्बन्धी प्रशिक्षण दिएका थिए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।