संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारी ब्लडबैंक (रक्त संचार केन्द्र) सुचारु भएको छ । जिल्लामै ब्लडबैंक सुचारु भएपछि लाखौं खर्च गरेर विरामी अन्यत्रै जानु पर्ने बाध्यता हटेको छ ।

सिर्जनशील सामुदायिक विकास केन्द्र र नेपाल रेडक्रस सोसाइटीको पहलमा दाताहरुबाट संकलन भएको रकमबाट ब्लडबैंक स्थापना भएको हो ।
ब्लडबैंक स्थापना भएपछि विरामीको ज्यान जोगिने मात्र होइन लाखौ खचै गरेर अन्यत्र जानुपर्न बाध्यता समेत हट्ने जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए । ब्लडबैंक स्थापनाका लागि सिर्जनशील सामुदायिक विकास केन्द्रले विभिन्न दाताहरुबाट रकम सङ्कलन गरेको थियो ।
ब्लडबैंक स्थापनाका लागि विभिन्न दाताहरुबाट २५ लाख ६० हजार ९५९ रुपैयाँ, अरुण तेस्रो जलविद्युत्त परियोजनाबाट २८ लाख ६१ हजार ३८ रुपैयाँ बराबरको दुई थान मेशिन र राष्ट्रिय वाणिज्य बैंकले १४ लाख ७० हजार २ रुपैयाँ सहयोग गरेको थियो ।

जिल्लामा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा खाँदबारी अस्पताल आउने विरामीले लाखौ रकम खर्च गरेर धरान र विराटनगर जानुपर्ने बाध्यता थियो । २०५३ सालमा नेपाल रेडक्रस सोसाइटीले आकस्मिक रक्त सञ्चार सेवा भनेर स्थापना गरेको भएपनि यसले ब्लडग्रुप छुट्याउने र दाता खोज्ने काम मात्र गरिरहेको थियो ।

सिर्जनशिल सामुदायिक विकास केन्द्रकी सचिव बविता कटुवालका अनुसार महिला समूहले चिया बिक्री अभियानबाट रकम संकलन सुरु गरेको थिउो । अभियानले रक्तसञ्चार केन्द्र स्थापना गर्न सफल भएको हो ।
फोटो