उदयपुर । उदयपुरमा एकै परिवारका तीनजनाको विभत्स हत्या गरेको आरोपमा पक्राउ परेका नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गेरर बेलका नगरपालिका–७ गोवाटार मैनामैनीमा ४३ वर्षीय बस्नेतलाई सार्वजनिक गरेको हो ।

शुक्रबार स्थानीय वालिङ खोलामा बाबु हआमा र छोराको हत्या गरेका थिए । ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको शव विभत्स ढंगले उनले हत्या गरेका थिए ।

तीनैजनामाथि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको उदयपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका नरबहादुरले राजकुमारसहित श्रीमती र छोरालाई खोलाको धान खेतनजिक खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

बिहान साढे ११ बजे भएको घटना एकान्त ठाउँमा भएकाले दिउँसो ३ बजे मात्र जानकारी पाएको उदयपुर प्रहरी प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

हत्याआरोपी बस्नेतलाई जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।