विराटनगर । प्रदेश सभामा सुनसरी २ (ख) बाट समानुपातिकमा डाक्टर बालकृष्ण साहको नाम सिफारिस भएको छ ।
डा. साह नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए । उनी डाक्टर भइसकेपछि भने राजनीतिमा सक्रिय थिएनन् । नेपाली काँग्रेसको १४ औँ अधिवेशन देखी भने उनी क्रियाशील भएर वडाको क्षेत्रीय प्रतिनिधि हुँदै प्रदेश प्रतिनिधि सम्मको यात्रा तय गरेका थिए ।
डा. साह जनआन्दोलनमा घाइते भएका थिए । सुनसरी २ (ख)मा रहेका रामधुनी, इनरुवा, हरि नगर र देवान्गञ्ज गरी छरिएका १८ वडाका वडा सभापतिहरू र महत्त्वपूर्ण व्यक्तिहरूसँग राम्रो सम्बन्ध स्थापना गरी सकेका डा। साह छोटो समयमा नै स्थापित भएका हुन ।
डा। साह सुनसरीका पूर्व जिल्ला सभापति तथा अहिलेका केन्द्रीय सदस्य राजीव कोइरालाका प्रिय मानिन्छ । राजनीतिकलाई पेसा नबनाई समाजसेवाका रूपमा लिनुपर्छ भन्ने उनको मान्यता रहेको छ । उनको ब्याक्तिगत कारण बाट नै विपक्षीहरूको पनि उनले छिटै मन जित्न सक्छन् ।
स्वास्थ्य सेवा तर्फ सक्रिय रहेर अनि लायन्स मार्फत समाजमा चिनिएका डा साह को नाम आउनुको पछाडि केही महत्त्व अवश्य रहेको बुझिन्छ ।

