विराटनगर। उदयपुरको बेलका नगरपालिका ७ स्थित वादिङ खोलामा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ ।
स्थानीय ४० राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीय सिरता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको विभत्स हत्या भएको हो । शुक्रबार अपरान्ह स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
तीनै जनाको शव खोलामा धारिलो हतियार प्रहार भएको अवस्थामा भेटिएको थियो । उनीहरुको हत्या आफन्त नै रहेका नरवहादुर बस्नेतले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुरका प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयाँलका अनुसार घटनास्थल उदयपुर र भोजपुरको सिमानामा पर्ने विकट क्षेत्र हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोली अनुसन्धानको लागि गएको भएपनि अझै पुगिनसकेको उनले जानकारी दिए ।
हत्यामा संलग्न मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदिप गिरीले पुष्टि गरे । पारिवारिक विवादको कारणले हत्या भएको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको उनको भनाइ छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!