लोड हुँदैछ...

मेनु

राजेन्द्र ढकालविरूद्ध अदालतमा म्याद थप, यस्तो हुनसक्छ सजाय 

राजेन्द्र ढकालविरूद्ध अदालतमा म्याद थप, यस्तो हुनसक्छ सजाय 

विराटनगर ।  अप्राकृतिक मैथुन र बाल यौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेका गैर सरकारी संस्था महासङ्घ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाललाई प्रहरीले म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

विराटनगर १२ घर भएका ५० वर्षीय ढकालले सोही ठाउँका १३ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा मोरङ प्रहरीले बुधवार साँझ पक्राउ गरेको थियो ।
पक्राउ परेका ढकाललाई प्रहरीले बिहीबार मोरङ अदालतमा अप्राकृतिक मैथुन र बाल यौन दुर्व्यवहारको मुद्दामा मोरङ अदालतमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

ढकालले ती बालकलाई पटक–पटक अप्राकृतिक मैथुन गरेको आरोप छ । ‘६ महिना अगाडी र १३ भदौमा घरमा कोही नभएको मौका छोपी ढकालले ती बालकलाई अप्राकृतिक मैथुन गरेका थिए । अप्राकृतिक मैथुन गरेको कुरा कसैलाई नभन्नु भन्दै डर त्रास देखाएको कारणले ढिलो गरी परिवारलाई सुनाएको,’ प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ ।
पीडितले उजुरी आएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डिएसपी श्रेष्ठले बताए । ‘उजुरी आएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ,’ डिएसपी श्रेष्ठले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । थप विषय पछि खुल्नेछ ।’
ढकाल एजुकेसन हेल्प लाइनका अध्यक्षसमेत हुन् ।

के हुन्छ सजाय ?
मुलुकी अपराध संहिता २०७४ को परिच्छद १८ मा करणी सम्बन्धी कसुर अन्तर्गत बाल यौन दुरुपयोग गर्नेलाई सोही ऐनको २०२५ बमोजिमको कसुरमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने कानुनी  व्यवस्था रहेको छ । त्यस्तै अप्राकृतिक मैथुनको २०२६ को उपदफा २ बमोजिम ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने उल्लेख छ ।
बालबालिकाको हकमा थप सजाय माग दाबी लिए जबरजस्ती करणी महलको २०१९ को उपदफा ३ मा विश्लेषण गरेका अनुसारको थप सजाय हुने कानुनी व्यवस्था रहेको छ । पक्राउ परेका ढकालको हकमा कसुर पुष्टि भए यस्तो सजाय हुनसक्ने कानुन व्यवसायी बताउँछन् ।

कारबाहीको माग 
मोरङका विभिन्न १८ वटा सङ्घसंस्थाले अप्राकृतिक मैथुन र बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका राजेन्द्र ढकाललाई कारबाहीको माग राखेका छन् । बिहीबार एक विज्ञाप्ती जारी गर्दै यस्तो माग राखेका हुन् ।

बालबालिकाको क्षेत्रमा क्रियाशील सामाजिक संस्था , सङ्गठन र निकायको जिम्मेवारीमा रहेका व्यक्तिबाट यस्तो किसिमको निन्दनीय काम भएको प्रति उनीहरूले दुःख व्यक्त गरेका छन्  ।
‘एक बालकमाथि अप्राकृतिक यौन शोषण तथा दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी परी अनुसन्धानको लागि पक्राउ परेको घटनाले हामी सामाजिक संघसस्थाका प्रतिनिधिहरू स्तब्ध भएका छौँ । बालबालिकाको क्षेत्रमा क्रियाशील सामाजिक संस्था , सङ्गठन र निकायको जिम्मेवारीमा रहेका व्यक्तिबाट यस्तो किसिमको निन्दनीय काम भएको प्रति हामी दुःख व्यक्त गर्दछौँ । अतः आरोपित व्यक्तिमाथि प्रभावकारी अनुसन्धान गरी आवश्यक कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा जोडदार माग गर्दछौँ,’ जारी विज्ञाप्तीमा भनिएको छ, ‘आरोपित व्यक्ति गैरसरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखा मोरङको अध्यक्ष समेत भएकाले तत्काल अध्यक्ष पदबाट निलम्बन गरी कानुनी कारबाहीको लागि सहयोग गर्न गैरसरकारी संस्था महासङ्घ नेपाल केन्द्रीय समिति समक्ष समेत माग गर्दछौँ ।’


यसरी विज्ञाप्ती जारी गर्नेहरूमा माइती नेपाल, नारी विकास सङ्घ, मानव अधिकार तथा वातावरण मञ्च ( फरेन ) ,सामुदायिक विकास प्रयास नेपाल ,सानाहातहरु नेपाल, एविसी नेपाल, जागरण नेपाल, मानव अधिकार रक्षक परिषद्, सिविन नेपाल, ओरेक, आत्म निर्भरता अभियान ( श्री )  नेपाल, मानव अधिकार एयरलाइन्स जिल्ला शाखा मोरङ, मानव अधिकार सञ्जाल मोरङ, नेपाल ग्रामीण विकास समाज केन्द्र,  साझा सवालका लागि साझा मञ्च  (कोकन ),  महिला जागृति केन्द्र विराटनगर र बाल समाज नेपाल विराटनगर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।