पुजा सामग्री बनाउने फर्ममा मन्त्री दर्लामी

दमक । प्रदेश १ का कृषिमन्त्रि झलकसिंह दर्लामीले झापाको कमल गाँउपालिका वडा नं. ६ मा रहेको पुजा सामग्री उत्पादन गर्ने फर्मको अवलोकन गरेका छन् ।

दिब्य दृष्टि भनेरेसन एण्ड एग्रो कन्सर्न प्रा.लि.को पुजा सामग्री उत्पादन स्थलमा बुधबार मन्त्री दर्लामी पुगेका थिए ।पुजा सामग्रीहरुमा अधिकांश कृषि उत्पादनहरुको प्रयोग भएकोले खुसी लागेको उनले बताए । पुजा सामग्रीको रुपमा प्रयोग हुने तील, जौलगायतको उत्पादन अवस्थाबारे पनि उनले जानकारी लिएका थिए ।

पुजा सामग्रीमा पूर्वी नेपाल र मुलकलाई नै आत्मनिर्भर बनाउने उदेश्यले नवग्रह समिधा, जटिबुटीजन्य हवन सामग्री, नेपालको पहिलो उत्पादन परिमल, गोमुत्र, गंगाजल, सप्तधान्य, मह, बाटेको धुपलगायतका सामग्रीहरु उत्पादन, प्रशोधन र प्याकेजिङ हुँदै आएको फर्मका सञ्चालक यज्ञप्रसाद आचार्यले बताए । फर्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरेर ५० भन्दा धेरैले रोजगारी पाएको बताइएको छ ।

गोमुत्र प्रशोधन केन्द्र स्थापना गर्ने उद्देश्य अनुरुप काम भइरहेको फर्मका सञ्चालकले जानकारी दिँदै मन्त्री दर्लामीसँग सहयोगको आग्रह गरेका थिए ।

बिहिबार, १६ भदौ, २०७९, बिहानको ०८:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर