विराटनगर । नेपाल बैंक लिमिटेड सिटी अफिस शाखा विराटनगरले बैकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगर ७ स्थित गणेश मन्दिरलाई १०० थान कुर्सीलगायतका सामग्रीहरु प्रदान गरेको छ ।
मन्दिर ब्यवस्थापन समिति तथा सञ्चालक समितिका पदाधिकारीहरुको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।बैंकको सिटी अफिस शाखा बिराटनगरका शाखा प्रबन्धक डम्मरबहादुर भण्डारीको अध्यक्षतमा भएको कार्यक्रममा बैंकका प्रदेश प्रमुख सुर्यप्रकाश भट्ट, मन्दिर सञ्चालक समितिका सभापति गीता पोख्रेल, सचिब लबसुन्दर श्रेष्ठसहितको सहभागिता थियो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सेवामुलक कामहरु गर्दै आएको जनाएको छ ।