लोड हुँदैछ...

मेनु

ल्याण्डफिल्ड साइडमा ढल हाल्न निषेध

ल्याण्डफिल्ड साइडमा ढल हाल्न निषेध

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–६ स्थित ल्याण्डफिल्ड साइटमा घरको सेफ्टीट्यांकीबाट निकालेको ढल फ्याँक्न निषेध गर्ने भएको छ ।
खुल्ला रुपमा सेफ्टीट्यांकीको ढल फ्याँक्दा वातावरण दुर्गन्धित भएको भन्दै स्थानीयले विरोध गर्दै आएकोले महानगरपालिकाले यस्तो निर्णय गरेको हो ।
स्थानीयको गुनासोपछि महानगरले केशलिया पुल नजिकै रहेको ल्याण्डफिल्ड साइटमा सेफ्टीट्यांकीको ढल फ्याँक्न निषेध गरेको हो । शौचालयको फोहोर सेफ्टीट्यांकीमा राखेर ल्याण्डफिल्ड साइट लगेर फ्याँक्ने गरिएको थियो । जसले आसपासको क्षेत्रमा दुर्गन्ध फैलिनुका साथै झिंगाले समेत दुःख दिएको भन्दै स्थानीयले महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए ।

सेफ्टीट्यांकीले बाटोमा समेत फोहोर झार्दै हिँड्ने गरेको स्थानीयको भनाइ थियो । त्यसैलाई ध्यानमा राखेर महानगरको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएका उत्तर, मध्य र दक्षिण क्षेत्रका साझेदार संस्थाका प्रतिनिधिलाई बोलाएर छलफलसमेत गरेको छ । उक्त स्थान साझेदार संस्थाले भाडामा लिएर फोहोर व्यवस्थापन गर्दै आएका छन् ।

ल्याण्डफिल्ड साइडमा सेफ्टीट्यांकीको फोहोर फ्याँक्न नदिन साझेदार संस्थाका प्रतिनिधि पनि सहमत भएका छन् । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतसहितको साझेदार संस्थाका प्रतिनिधिसँगको बैठकले महानगरको फोहोर संकलनका क्रममा तोकिएको शुल्कभन्दा बढी लिएको पाइए कडा कारबाही गर्ने निर्णयसमेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।