नेपाल स्काउटको एडभान्स तालिम समपन्न

विराटनगर । नेपाल स्काउट प्रदेश नम्बर १ विराटनगरको आयोजनामा भाद्र ६ गते देखि १२ गते सम्म स्काउटको पुरुष तर्फको ४८ औँ ब्वाए उड ब्याज तथा ४० औँ गर्ल एडभान्स तालिम सुन्दरहरैचामा सम्पन्न भएको छ ।

प्रदेश १ का १० भन्दा बढी जिल्लाबाट ३२ पुरुष र १८ महिला सहभागिता रहेको प्रदेश कार्यालयका अधिकृत नवराज घिमिरेले जानकारी दिए।
तालिममा राष्ट्रिय प्रशिक्षक दोय बिजेन्द्र ध्वजु निर्मला अधिकारीले सहभागीलाई सिकाएका थिए । सहभागीहरूलाई पहिलो चरणको एडभान्स तालिम दिएको प्रदेश तदर्थ समितिका संयोजक रवि खनालले बताए ।

तालिमको समापन प्रदेश नम्बर १ का सभामुख प्रदीप कुमार भण्डारीको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको छ । प्रशिक्षार्थी प्रमाण पत्र प्रदान गर्दै उनले स्काउटको विकास र विस्तारले समाजमा सकारात्मक प्रभाव छोड्ने विश्वास व्यक्त गरेका छन् ।कार्यक्रममा बोल्दै बालबालिका तथा युवाहरूको वृद्धि विकासका निम्ति स्काउटले गरेको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा यसको विकास र विस्तारमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्ता गरेका छन् ।

समापक कार्यक्रमको अध्यक्षता प्रदेश तदर्थ समितिका संयोजक श्री रवि खनालले गरेका थिए ।

सोमबार, १३ भदौ, २०७९, साँझको ०६:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर