विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले सचिवालय भवन निर्माण गर्ने भएको छ । महासंघ भवनका लागि आवश्यक पर्ने जग्गा प्राप्त भएपछि महासंघले तीन महिनाभित्रै भवन निर्माणको काम आरम्भ गर्ने तयारी गरेको हो ।
महासंघले विराटनगर ४ का लक्ष्मण बस्नेतसँग बुढीगंगा २ स्थित सक्मा टोलमा १ कठ्ठा जग्गा खरिद गर्दा थप एक कठ्ठा जग्गा दिएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् भवन निर्माण समितिका संयोजक राजेन्द्र राउतको पहलमा थप एक कठ्ठा जग्गा प्राप्त भएको महासंले जनाएको छ ।
आइतबार प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बो, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री दिनेश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष श्री टिकाराज ढकाल लगायत महासंघका केन्द्रीय सदस्य एवं प्रदेशका पदाधिकारीहरुको उपस्थितिमा जग्गा प्राप्ति सम्बन्धमा सम्झौता भयो ।
सम्झौता लगतै उपाध्यक्ष राजेन्द्र राउतले तीन महिनाभित्रै महासंघको भवन निर्माणको काम सुरु हुने जानकारी दिए । महासंघले करीव १६ हजार वर्गफिटको चारतले सुविधा सम्पन्न भवन निर्माणके प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।
भवन निर्माणका लागि प्रदेश १ सरकारले महासंघलाई चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ विनियोजन गरेको छ । भवन निर्माणका लागि नक्सा निर्माणको काम अघि बढेको र करीव ८ करोड रुपैयाँको लागतमा भवन निर्माण गरिने राउत बताए । पहिलो चरणमा दुई तले कार्यालय, सभाहल एंव अतिथि गृह निर्माण गरिने जनाइएको छ ।
महासंघको भवन निर्माण गर्न आवश्यक सहयोगका लागि बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकालाई समेत आग्रह गरिएको उनले बताए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।