विराटनगर । २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट उम्मेद्वार बनेका एमाले नेता भानुभक्त ढकालले त्यसबेला ‘टुरिस्ट उम्मेद्वार’ भएको आरोप खेपे ।

यसपटक भने त्यही आरोप दोहोरिएला भन्ने भयले ढकालले सुन्दर हरैंचामा धमाधम नयाँ घर बनाइरहेका छन् ।
काँग्रेसका नेता कार्यकर्ताले त्यसबेला ‘टुरिस्ट’ भनेर प्रचार तीव्र पारेको असर चुनावमा राम्ररी देखियो । सो क्षेत्रमा काँग्रेसभन्दा वाम गठबन्धन झन्डै दोब्वर मतले अगाडि थियो । तर, टुरिस्ट भनिएकै कारण ढकालले

भानुभक्त ढकालले ४२ हजार ४१३ मत ल्याएर विजयी बन्दा उनलाई काँग्रेसका उम्मेदवार सुनिलकुमार शर्माले ४० हजार ५०६ मतका साथ टक्कर दिएका थिए । यो क्षेत्रमा ढकाल नयाँ उम्मेदवार थिए । ढकाल प्रत्यक्षमा पहिलोपटक चुनाव लडेका थिए । त्यसभन्दा अगाडि उनी समानुपातिकबाट सांसद बनेका थिए ।

२०७० मा जिल्लाबाट सिफारिशमै नभएका ढकाल सांसद भएका थिए । तेह्रथुमका स्थायी बासिन्दा ढकाल केन्द्रको पहुँच प्रयोग गरेर समानुपातिक सांसद भएका थिए । तेह्रथुमको एमाले जिल्ला कमिटीले समानुपातिकमा दुई जनाको नाम सिफारिस गरेको थियो । प्रदेश १ सांसद तेजमान कन्दङवा र पूर्व जिल्ला विकास समितिका सभापति किशोर चन्द्र दुलालको नाम सिफारिस गरेको थियो । तर, केन्द्रीय कमिटीमा ढकाल भएको र एमाले अध्यक्ष ओलीसँग राम्रो सम्बन्ध भएपछि समानुपातिकको सूचिमा केन्द्रले नै उनको नाम थपेको थियो ।

२०७४को निर्वाचनमा भने प्रत्यक्षमा चुनाव लड्न ढकाल मोरङ आएका थिए । मोरङमा आएका ढकाललाई पाहुना उम्मेदवार भनेर प्रचार गरिएको थियो । ढकालका प्रतिस्पर्धी काँग्रेसले मात्रै होइन उनकै पार्टी एमाले वृत्तमै पनि पाहुना उम्मेद्वार भनेर आलोचना भएको थियो ।
अघिल्लो पटकको चुनावमा जस्तै पाहुनाको ट्रोल नबनोस् भनेर ढकालले सुन्दरहरैचामै घर बनाइरहेका छन । सुन्दरहरैंचा १२ सुकुना क्याम्पस नजिकै उनले घर बनाइरहेका छन् । अघिल्लो पटक आउँदा उनले दाजुको घरमा बसेर चुनावी प्रचार प्रसार गरेका थिए ।

२०७४को मतदानमा आफूले आफैलाई मतदान नगरी निर्वाचित हुने सांसद समेत हुन ढकाल । उनको मतदाता नामवली सुन्दरहरैंचामा थिएन । यसपटक भने उनले सुन्दरहरैचा १२ मा नाम सारेका छन । उनले अब सुकुना बुहुमुखी क्यामपसबाट मतदान गर्नेछन् ।