विराटनगर । मोरङको सुन्दरहरैचामा रहेको पूर्वाञ्चल ल्यूव आयल प्रा.लि.(पिएलओ)ले आइपीओ ल्याउने भएको छ। स्थापना भएको २३औँ वर्षको अवसर पारेर कम्पनीले आइपीओ जारी गर्न लागेको हो। कम्पनीले बुक विडिङ बिधिबाट आइपिओ ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ।
चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको कम्पनीले ४ लाख कित्ता शेयर जारी गर्ने तयारी गरेको छ। जसमा सुन्दरहरैंचाका स्थानीयवासीलाई १० प्रतिशत, कर्मचारीलाई १० प्रतिशत शेयर दिएर बाँकी रहेको संस्थागत लगानीकर्ता र सर्वसाधारणलाई दिने पिएलओ लुब्रिकेन्टका निर्देशक भोलेश्वर दुलालले जानकारी दिए।
उनका अनुसा २० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको २३ करोड रुपैयाँ जगेडा कोषमा रहेको छ। सर्वसाधारणलाई शेयर जारी गरेपछि वार्षिक २० करोड रुपैयाँबढी नाफा कमाउने र कम्पनीले शेयर जारी गरेपछिको पहिलो वर्षदेखि नै १ सय प्रतिशतसम्म प्रतिफल दिनसक्ने प्रबन्ध निर्देशक दुलालले बताए।
कम्पनीले बुक विडिङ विधिबाट जारी गर्ने शेयरको मूल्य प्रतिकित्ता ८ सय ३२ रुपैयाँ प्रस्ताव गरेको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।