लोड हुँदैछ...

मेनु

सामूहिक बलात्कार प्रकरण, राउत र सुवेदीलाई दोस्रो पटक म्याद थप

सामूहिक बलात्कार प्रकरण, राउत र सुवेदीलाई दोस्रो पटक म्याद थप

विराटनगर ।  सामूहिक बलात्कार आरोपमा पक्राउ परेका विराटनगरका विनोद राउत र सुरज सुवेदीलाई प्रहरीले आज मङ्गलवार दोस्रो पटक म्याद थप गरेको छ । प्रहरीले उनीहरूलाई मङ्गलवार मोरङ अदालतमा ‘जबरजस्ती करणी’ मुद्दामा दोस्रो पटक दुई दिनको म्याद थप गरेको हो ।
पक्राउ परेका राउत र सुवेदीले विराटनगरस्थित एक कलेजमा नर्सिङ अध्ययन गर्दै आएकी एक जना किशोरीलाई नशालु पद्धार्थ खुवाएर सामूहिक बलात्कार गरेको आरोपमा आइतबार पक्राउ परेका थिए ।
८ साउनमा पक्राउ परेका उनीहरूलाई प्रहरीले सोही दिन दुई दिनको म्याद थप गरेको थियो । मङ्गलवार म्याद थप गरेको समय सीमा सकिएपछि दोस्रो पटक दुई दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।


पक्राउ परेका राउत र सुवेदी मोरङ जिल्ला करातेका स्थायी सहायक प्रशिक्षक हुन् । उनीहरू २०५२ सालदेखि कराँतेको सहायक प्रशिक्षक भएर काम गर्दै आएका थिए ।

पक्राउ परेका आरोपी मध्ये सुवेदीले पछिल्लो पटक असार २८ गते किशोरीको डेरामा जबरजस्ती करणी गरेको आरोप छ । यसअघि नासुल पद्धार्थ खुलाएर बलात्कारको भिडियो बनाएर पछि डर त्रास देखाएर सुवेदी र राउतले पटक पटक बलात्कार गरेको आरोप छ ।

सामूहिक करणीमा यस्तो छ सजाय 
मुलुकी अपराध संहिता २०७४ फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनमा कसैले कुनै महिलालाई निजको मञ्जरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुर्नै बालिका करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिने उल्लेख गरेको छ ।

करणी सम्बन्धी कसुरमा अठार वर्ष वा अठार वर्षभन्दा बढी उमरेको महिला भए सात वर्षदेखि दश वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था गरेको छ । सामूहिक करणीको हकमा थप पाँच वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था गरेको छ । पक्राउ परेका सुवेदी र राउतको हक पनि कसुर पुष्टि भए उक्त सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको कानुन व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।