विराटनगर । पहिचानका आधारमा प्रदेशको नाम राख्न विराटनगरस्थित प्रदेशसभा भवनमा दिनहुँ दबाबका लागि धर्ना र प्रदर्शन भइरहेका छन् । मंगलबार पनि पहिचान पक्षधर किरात–लिम्बुवान संयुक्त संघर्ष समितिले प्रदर्शन गरेको छ ।
सांस्कृतिक पहिचान भल्कने बाजागाजा र पहिरनसहित भेला भएका प्रदर्शनकारीहरुले प्रदेशभा बैठक सुरुभएदेखि नसकिएसम्म प्रदर्शन र धर्नालाई निरन्तरता दिएका थिए ।
प्रदर्शनकारीहरुले धर्नास्थलमै धाननाच नाचेका थिए भने प्रदेशको नाम किरात–लिम्बुवान राख्न माग गर्दै नाराबाजी पनि गरेका थिए ।
प्रदेश १ को भूमि ऐतिहासिक र साँस्कृतिक हिसावले किरात सभ्यतासँग जोडिएकोले प्रदेशको नाममा त्यसलाई संवोधन गर्नुपर्ने उनीहरुको माग छ ।
(फोटो फिचर)

धान नाच नाच्दै

प्रदर्शनस्थलमा सांस्कृतिक बाजा

सिमसिम पानीमा छाता ओढेर सडकमा

आन्दोलनको उद्देश्यका बारेमा सम्बोधन गर्दै

प्रहरीको बेरियर, सुरक्षाकर्मी र प्रदर्शनकारी

प्रदर्शनकारी


