विराटनगर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ विज्ञ आयोगका सचिव विनोद राउत र केन्द्रीय सदस्य सुरज सुवेदी जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका छन् ।
सुनसरीको इटहरीकी १९ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।
गत शनिबार पक्राउ परेका उनीहरुलाई म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुबै जनाले युवतीलाई जबर्जस्ती पटक–पटक बलात्कार गरेको अभियोग लागेको छ ।
ती युवतीले उनीहरुविरुद्ध किटानी जाहेरी दिएको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । राउत नेपाल खेलकुद महासंघका सचिव, कराँते मोरङका सहायक प्रशिक्षक, मोरङ तालिम विभागको उपनिर्देशक पनि हुन् । उनी विराटनगरका विभिन्न सामाजिक संघसंगठनमा आबद्ध छन् ।
सुवेदी भने विराटनगर अस्पतालको सुरक्षा विभागमा कार्यरत छन् । उनी पनि एमाले निकट खेलकुद संगठनहरुमा सक्रिय छन् । उनीहरु दुबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।

