लोड हुँदैछ...

मेनु

अपहरणमा परेकी बालिकाको भारतबाट उद्धार, प्रेमिका प्रहरी नियन्त्रणमा

अपहरणमा परेकी बालिकाको भारतबाट उद्धार, प्रेमिका प्रहरी नियन्त्रणमा

विराटनगर । अपहरणमा परेको भनिएको मोरङको बुढीगंगा गाउँपालिका –१ का दीपेन्द्र यादवको एक वर्षीय छोरीलाई प्रहरीले भारतबाट उद्धार गरेर ल्याएको छ ।

मोरङ प्रहरीबाट खटिएको प्रहरीले भारतको दरभंगाबाट उद्धार गरेर आज बिहान विराटनगर ल्याएको हो । बच्चालाई लिएर जाने अञ्जली साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले भारतको दरभंगामा आफन्तको घरमा बच्चालाई राखेकी थिइन् । प्रहरीले दरभंगाबाट बालिकालाई सकुशल उद्धार गरेर ल्याएको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले जानकारी दिए ।

‘के कारण बच्चालाई अपहरण गरेको हो भन्ने खुलेको छैन, अहिले बच्चालाई र लैजानेलाई नियन्त्रणमा लिएका अनुसन्धान भइरहेको छ,’ डिएसपी कार्कीले भने, ‘थप अनुसन्धानपछि बच्चा लैजानुको कारण खुल्नेछ । अहिले हामी अनुसन्धानको क्रममा रहेका छौँ ।’

साउन २ गते सोमबार अञ्जली रोडशेष चौकबाट प्रेमी दीपेन्द्रलाई झुक्क्याएर बालिकालाई लिएर फरार भएकी थिइन् । बच्चालाई लिएर जाने अञ्जली दीपेन्द्रको प्रेमिका रहेको खुलेको छ ।

पेसाले मेकानिकल इन्जिनियर रहेका यादव तीन वर्षअघि सप्तरी राजविराजकी ममता यादवसँग विवाह भएको थियो ।

छोरी जन्मिएपछि ममता बिबिए पढ्न काठमाडौँ गइन् । एक वर्ष तीन दिनकी छोरीलाई हजुरबुवासँगै छोडेर उनी काठमाडौँ गएकी थिइन् । ममता र उनका श्रीमानबिच निरन्तर संवाद र भेटघाट भइरहेको थियो ।

श्रीमती बाहिर गएको बेला यादवले सामाजिक सञ्चालनमार्फत अञ्जली सँग भेट भएको थियो । त्यसपछि उनीहरू नजिकिएका थिए । प्रेम सम्बन्धमा बाँधिएका यादव र अञ्जलिबिच निरन्तर भेटघाट हुने गरेको थियो । दुवै जना प्रेममा गाँसिएपछि यादवलाई अञ्जलीले निरन्तर बोलाउने गर्थिन् । भेटघाट बाक्लै हुँदै थियो । यादवले छोरीलाई विराटनगर १२ रोड शेष चौकमा ल्याएर खाजा खुवाउने क्रममा अञ्जलीले औषधी किन्ने बहनामा छोरीलाई लिएर सम्पर्क विहीन भएकी थिइन् । यादवले चिया र चुरोट खान लाग्दा अञ्जलीले यादवको एउटा मोबाइलसमेत लिएर गइन् । ‘साथीहरूलाई फोन गर्नुपर्ने भन्दै’ मोबाइल लिएर अञ्जली गएको यादव परिवारले प्रहरीमा जानकारी गराएका थिए ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

अजय प्रसाद
July 22, 2022 11:19 AM

दो दिन पुरानी खबर रहती है।

अपडेट खबर की आवश्यकता है

प्रतिक्रियाहरू बन्द छन्।