इटहरी । लगातार पानी परेर बस्ती डुबानमा परेपछि इटहरीका विद्यालयहरू ३ दिन बन्द गरिएका छन् ।
इटहरी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले एक सुचना जारी गर्दै ३ दिन सम्म बिद्यालय बन्द गरेको जनाएको छ ।
बिदा सञ्चित बिदाबाट कट्टा गरिने उपमहानगरपालिकाले जनाएको छ । इटहरीमा हरेक वर्ष डुबान र बाढीको समस्या हुने गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।