लोड हुँदैछ...

मेनु

सरकारले ल्याएको कर नीतिका कारण धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगे : डिला संग्रौला

सरकारले ल्याएको  कर नीतिका कारण धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगे  : डिला संग्रौला

विराटनगर । विराटनगरको औद्योगिक साख फिर्ता गर्न नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलालेसरकारसँग माग गरेकी छन्।

बिहिबार संसदको विशेष समयमा बोल्दै संग्रौलाले प्रजातान्त्रिक आन्दोलनको जग बसालेको मिल्स एरिया अहिले खण्डहर बनेको बताइन ।

‘प्रजातान्त्रिक आन्दोलनको जग बसालेको हिजो मिल्स एरिया भनेर पहिचान बनेका ठाउँमा अहिले उद्योग चल्दैन खण्डहर बनेका छन्। मुलुकको पहिलो उद्योग जुटमिल बन्द छ। त्यहाँका मजदुर एवं कामदारहरु बिचल्लीमा छन्’ उनले भनिन्, ‘औद्यौगिक करिडोरको रुपमा परिचित विराटनगरका उद्योगीहरु विषेश गरी सरकारले ल्याएको पछिल्लो कर नीतिका कारण सुनसरी मोरङ करिडोरका धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन्। उद्योग बचाउन सरकारले विषेश योजना संचालन गर्नुपर्दछ।’

उनले विराटनगरको हडताली हाटलाई खुला संग्रहालय बनाउन पनि माग गरिन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds