विर्तामोड । झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देनले नेकपा एमालेका उम्मेदवार डम्बर गिरीलाई पराजित गरेका हुन् । लिङ्देन निवर्तमान अध्यक्ष हुन् भने गिरि निवर्तमान उपाध्यक्ष ।
लिङ्देनले ६ हजार ८५६ मत ल्याएर विजयी बन्दा गिरीले ४ हजार ६६६ मत ल्याएका छन् । नेपाली कांग्रेसका तुलसीप्रसाद ओलीले २ हजार ७५८ र नेकपा माओवादी केन्द्रका भवानीप्रसाद दंगालले १ हजार १४९ मत पाए ।
उपाध्यक्षमा राप्रपा उम्मेदवार लक्ष्मी मैनाली ४ हजार ७८ मतसहित निर्वाचित भइन् । उनक िनिकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शान्तादेवी गौतमले ४ हजार १०६ मत पाइन् । स्वतन्त्र उम्मेदवार लखन हेमरमले ३ हजार ७००, नेकपा माओवादी केन्द्रकी टीकादेवी राउतले १ हजार ४५३ मत ल्याइन् ।
हल्दीबारी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका हो । अघिल्लो निर्वाचनमा अध्यक्ष मात्र जितेको राप्रपाले यसपटक उपाध्यक्ष पनि जितेको छ । वडामा राप्रपाले २, नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले १÷१ जितेका छन् ।