इलाममा ३० वर्षपछि कांग्रेस विजयी

इलाम । इलामको इलाम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

२०४९ सालको स्थानीय निर्वाचनमा इलाममा काँग्रेसले जितेको थियो । त्यसयताको २ स्थानीय निर्वाचनमा मात्र नभएर इलाम पर्ने संसदीय निर्वाचनमा पनि काँग्रेस विजयी भएको थिए । ३० वर्षपछि इलाममा कांग्रेसले विरासत फर्काएको हो ।

नगर प्रमुख पदमा नेपाली कांग्रेसका केदार थापा १३ हजार ११५ मतसहित विजयी भएका हुन् । मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५८७ मत ल्याए ।

इलामको उपप्रमुखमा कांग्रेसकै विष्णु दाहालले विजय प्राप्त गरिन् । उनले १३ हजार ५४२ मत प्राप्त गरिन् । एमालेकै सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गरिन् ।

यस पटक १२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ ।

जेष्ठ ४, २०७९, बिहानको १०:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर