पहिले काँग्रेसले जितेको झापाको बाह्रदशीमा एमाले विजयी

पहिले काँग्रेसले जितेको झापाको बाह्रदशीमा एमाले विजयी

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

बुधबार बिहान सम्पन्न मतगणनामा गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार देवेन्द्रप्रसाद चम्लागाई र उपाध्यक्षमा एमालेकी उम्मेदवार शान्तादेवी सिवाकोटी निर्वाचित भएकी छन् ।

गाउँपालिका अध्यक्षमा निर्वाचित चम्लागाईले ७ हजार १४८ मत प्राप्त गरेका छन् । अध्यक्ष पदका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गप्रसाद राजवंशीले ४ हजार ३६१ मत प्राप्त गरे । उनी निवर्तमान गाउँपालिका अध्यक्ष हुन् ।

उपाध्यक्ष पदमा एमालेकै सिवाकोटी ६ हजार ६३६ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी राप्रपाकी कमला राजवंशीले ४ हजार १९५ मत प्राप्त गरिन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्