खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा तिर्थराज भट्टराई नेकपा एमालेका उम्मेदवार कुमार आचार्यलाई ४ हजार ३९३ मतले पराजित गर्दै विजयी भएका हुन् । भट्टराईले ११ हजार ३८९ मत पाउँदा आचार्यले ६ हजार ९९६ मत पाए ।
उमेयरमा माओवादी केन्द्रका बिसन राईले १० हजार ४३८ मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विणादेबी राईले ७ हजार ३१९ मत पाइन् । विणादेवी निवर्तमान उपमेयर हुन् ।
दिक्तेलमा १५ वडा रहेकोमा माओवादी केन्द्रका ६, कांग्रेसका ४, एमालेका ३ र जसपाका २ जना वडाध्यक्ष निर्वाचित भएका छन् । नगरपालिकामा काँग्रेस र माओवादीको गठबन्धन थियो ।