लोड हुँदैछ...

मेनु

मोरङको लेटाङमा एमाले उम्मेदवार विजयी

मोरङको लेटाङमा एमाले उम्मेदवार विजयी

विराटनगर । मोरङको लेटाङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावतीले नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गरेका हुन् ।

लावतीले १०२२७ मत प्राप्त गर्दा ढकालले ८१०५ मत प्राप्त गरे । सो नगरपापलिकामा २०७४ को निर्वाचनमा काँगेसले मेयर र एमालेले उपमेयर जितेको थियो ।

नगरपालिकाको उपमेरमादोश्रो कार्यकालका लागि कृष्णकुमारी निरौला निर्वाचित भएकी छन् । निरौलाले ९४६० मत प्राप्त गरि माओवादी केन्द्रका कृष्णप्रसाद लम्साललाई पराजित गरेका हुन् । लम्सालले ४९०५ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।