विराटनगर । विराटनगर महानगरपालिकामा ३२ हजार ७९७ मत गणना हुँदा मेयरमा नेपाली काँग्रेसका नागेश कोइरालाले २४८१ मतले अग्रता लिएका छन् ।
कोइरालाले १०३६३ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार सागर थापाले ७८८२ मत प्राप्त गरेका छन् । मेयरमा स्वतन्त्र उम्मेदवार उमेश यादवले ३३६१ र राप्रपाका प्रल्हाद साहले २१३४ मत पाएका छन् ।
उपमेयरमा एमालेकी शिल्पा कार्कीले ८९९३ मतसहित ३३७५ मतले अग्रता कायम राखेकी छन् ।
जसपाका उम्मेदवार अमरेन्द्र यादवले ५६१८, राप्रपाकी विन्दा लुइँटेलले २५७७ र स्वतन्त्र नमिता न्यौपानेले १९४१ मत पाएका छन् ।