ताप्लेजुङको सिरिजङ्गामा काँग्रेस र माओवादी विजयी

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा काँग्रेसका लालकृष्ण चौहान चौहानले ३ हजार ३४३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोष चाम्लिङ राईले ३ हजार २७५ मत प्राप्त गरे ।

गाउँपालिकाका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का चित्र माबो निर्वाचित भएका छन् । उनले नेकपा एमालेका तुलसा बस्नेतलाई १ हजारभन्दा बढी मतान्तरले पराजित गरे । लिम्बूले ३४५६ मत प्राप्त गर्दा बस्नेतले २४२५ मत प्राप्त गरिन् ।

जेष्ठ ३, २०७९, दिउँसोको ०१:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर