चुनाव हराएको भन्दै काङ्ग्रेस केन्द्रीय सदस्यमाथि हातपात

विराटनगर । नेपाली काङ्ग्रेस केन्दीय सदस्य हसन अन्सारीमाथि काँग्रेसकै कार्यकर्ताले हातपात गरेका छन् ।

अन्सारीकै कारण विराटनगर महानगरपालिका–१७ मा नेपाली काङ्ग्रेस वडाध्यक्षमा पराजित भएको भन्दै उनीमाथि हातपात भएको हो ।

अन्सारीको घर रहेको सो वडामा काँग्रेस उम्मेदवार असमल आलमलाई पराजित गर्दै जसपाका समिर कमर अध्यक्षमा निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा जसपाबाट वडाध्यक्षमा निर्वाचित भएका आलम काँग्रेसमा प्रवेश गरि उम्मेदवार बनेका थिए ।

मंगलबार बिहान चुनाबको समिक्षा गर्न अन्सारीकै घरमा बसेको छलफलमा हातपात भएपछि दुबै पक्ष इलाका प्रहरी कार्यालय रानीमा मिलापत्रका पुगेका थिए । दुबै पक्षबीच छलफल जारी रहेको प्रहरीले बताएको छ ।

वडाअध्यक्षमा पराजित आलमले भने अन्सारीमाथि हातपात नभएको बताएका छन् । काङ्ग्रेस नेताले नै अन्य उम्मेदवारलाई सहयोग गरेको विषय उठेपछि विवाद भएको उनको भनाइ छ ।

जेष्ठ ३, २०७९, दिउँसोको ०१:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर