प्रदेश १ का दुई पत्रकार पालिका उपाध्यक्षमा निर्वाचित

विराटनगर । पत्रकारिता छाडेर राजनीतिमा सक्रिय भएका प्रदेश १ का दुई महिला पत्रकार गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका छन् ।

नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य रहेकी शान्ता आङबुहाङ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी छन् । उनले २८१९ मत प्राप्त गरी नेकपा माओवादी केन्द्र प्रजिन हाङवाङलाई हराएकी हुन् । हाङवाङले २४१४ मत प्राप्त गरेका थिए ।

गाउँपालिकाको अध्यक्षमा एमालेकै दिपेन्द्र पोमु निर्वाचित भएका छन् ।
पोमुले ३०३६ मत प्राप्त गर्दा काँग्रेसका विश्वनाथ सिटौलाले २५२६ मत पाएका छन् ।

त्यसैगरी पत्रकार महासंघ सोलुखुम्बु शाखाको उपाध्यक्षबाट रहेकी विना राई नेचा सल्यान गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी छन् । काँग्रेसबाट उम्मेद्वार बनेकी उनले २९०६ मत ल्याएर जित दर्ता गर्दा प्रतिष्पर्धी एमालेकी सिर्जना राईले १७१८ मत प्राप्त गरिन् ।

सो गाउँपालिका अध्यक्षमा काँग्रेसका धनजन राई २५७९ मतसहित विजयी भएका छन् । उनका प्रतिष्पर्धी एमालेका डुफकुमार बाँस्तोलाले २३१३ मत पाएका छन् ।

उम्मेदवार बन्नुअघि दुबै महिला पत्रकारहरुले पत्रकार महासंघको जिम्मेवारीबाट राजिनामा दिएका थिए ।

जेष्ठ ३, २०७९, दिउँसोको १२:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर