विराटनगर महानगरपालिका अपडेट, कोइराला ८ हजार ८ सय २७ मतका साथ अगाडि

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख पदमा कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै छ । हालसम्मको मतगणना अनुसार कोइरालाले ८ हजार ८ सय २७ मत ल्याएका छन् ।
उनलाई पछ्याउँदै एमालेका सागर थापाले ६ हजार ५ सय ४५ मत ल्याएका छन् ।

प्रमुख पदमै तेस्रो स्थामा स्वतन्त्र उम्मेद्वार उमेश यादव रहेका छन् । यादवले २ हजार ७ सय २३ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रल्हाद साहले १ हजार ८ सय १६ मत पाएका छन् ।

यस्तै उपप्रमुखमा भने एमालेकी शिल्पा कार्की ७ हजार ४ सय ८४ मतका साथ अग्रस्थानमा छिन् । उनलाई जसपाका अमरेन्द्र यादवले पछ्याइरहेका छन् । यादवले ४ हजार ७ सय ५४ मत पाएका छन् । तेस्रोमा राप्रपाकी विन्दाकुमारी लुइँटेल रहेकी छिन् । उनले २ हजार २ सय २२ मत र स्वतन्त्रकी उम्मेद्वार नमिता न्यौपानेले १ हजार ५ सय ८४ मत पाएकी छिन् ।

जेष्ठ ३, २०७९, बिहानको ११:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर