धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गुरुङ विजयी भएका छन् ।
गुरुङले ५ हजार ४९८ मत प्राप्त गरी नेकपा एमालेका उम्मेदवार भीमबहादुर राईलाई पराजित गरेका हुन् । राईले ५ हजार ०५३ मत प्राप्त गरे ।
उपप्रमुखमा भने एमालेका उम्मेदवार नम्रता देउजा विजयी भएकी छन् । उनले ५ हजार ६२ मत प्राप्त गरी नेकपा माओवादी केन्द्रका उम्मेदवार ओमप्रकाश निरौलालाई पराजित गरिन् । निरौलाले ४ हजार ६४१ मत प्राप्त गरेका थिए ।
पाख्रिबास नगरपालिकामा यसअघि प्रमुख र उपप्रमुखसहित सबै १० वटै वडामा एमालेले क्लिन स्वीप गरेको थियो । यसपटक माओवादी र काँग्रेसको गठबन्धनबाट एमाले पराजित भएको हो ।