खोटाङको खोटेहाङमा माओवादी विजयी

खोटाङको खोटेहाङमा माओवादी विजयी

खोटाङ । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उदीमबहादुर राई विजयी भएका छन् ।

राई ३ हजार ७२८ मतसहित विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी कविता राईलाई पराजित गरेका हुन् । कविताले ३ हजार ६९० मत प्राप्त गरेकी छन् ।

गाउँपालिका उपाध्यक्षमा कांग्रेसका रुपेश राईले विजयी हासिल गरेका छन् । उनले ३ हजार ७६३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका राजनकुमार बन्जराले ३ हजार ३१० मत ल्याएका छन् ।

खोटेहाङमा पालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्