पाँचथरको फाल्गुनन्दमा कांग्रेस र माओवादी विजयी

पाँचथरको फाल्गुनन्दमा कांग्रेस र माओवादी विजयी

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका बृजहाङ आङदेम्बे निर्वाचित भएका छन् ।

कांग्रेस पाँचथरका उपसभापति रहेका आङदेम्बेले नेकपा एमालेका उम्मेदवार वीरबहादुर कुरुम्वाङलाई १ हजार ९६ मत अन्तरले पराजित गरेका हुन् ।

आङदेम्बेले ५ हजार ७३९ मत प्राप्त गर्दा कुरुम्वाङले ४ हजार ४४३ मत पाए । आङदेम्बेसँग पराजित कुरुम्वाङ निवर्तमान गाउँपालिका अध्यक्ष हुन् ।

उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ठाकुरसिंह नेम्वाङ विजयी भएका छन् । एमालेको समर्थनमा उपाध्यक्ष पदको उम्मेदवार बनेकी जनता समाजवादी पार्टिकी बबिता नेम्वाङलाई ६५७ मत अन्तरले नेम्बाङले पराजित गरे । उनले ५ हजार १०० मत प्राप्त गर्दा बबिताले ४ हजार ४४३ मत पाइन् ।

फाल्गुनन्दमा एमाले र जनता समाजवादी तथा काँग्रेस र माओवादीको गठबन्धन थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्