पाँचथर । पाँचथरको तुम्बेवा गाँउपालिका अध्यक्षमा नेपाली कांग्रेसका बाबुराम खड्का निर्वाचित भएका छन् ।
कांग्रेसका गाउँपालिका सभापतिसमेत रहेका खड्का एमालेका गोविन्दबहादुर तामाङलाई ४११ मत अन्तरले हराँउदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काले २ हजार ७१८ मत पाउँदा तामाङले २ हजार ३११ मत पाए ।
उपाध्यक्षमा माओवादी केन्द्रका खड्गबहादुर सम्बाहाम्फे निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी एमालेकी नन्दादेवी विश्वकर्मालाई ६९९ मत अन्तरले हराँउदै निर्वाचित भएका हुन् । सम्बाहाम्फेले २ हजार ७०७ मत पाउँदा विश्वकर्माले २ हजार ९ मत पाएकी छन् ।
तुम्बेवामा काँग्रेस र माओवादीको गठबन्धन थियो ।


