संखुवासभाको भोटखोलामा एमालेका लामा विजयी

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका अध्यक्षमा नेकपा एमालेका वाङ छेदर लामा विजयी भएका छन् ।

लामाले १ हजार ८०३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका चुङदाक भोटेले १ हजार ४१६ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि एमालेकै सहना लामा विजयी भइन् । उनले १ हजार ७९१ मत ल्याएकी छन् । उपाध्यक्षका प्रतिस्पर्धी कांग्रेसका डुक्पा भोटेले १ हजार ५३६ मत ल्याए ।

२०७४ मा भोटेखोला गाउँपालिका प्रमुख र उपप्रमुख कांग्रेसले जितेको थियो ।

 

जेष्ठ ३, २०७९, बिहानको ०९:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर