संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार विपिन राई विजयी भएका छन् ।
नेकपा एमालेका हिन्दुकुमार राईलाई १ हजार ३५१ मत हराउँदै कांग्रेसका राई प्रमुखमा विजयी भएका हुन् । राईले ४ हजार ७८८ मत प्राप्त गर्दा हिन्दुुकुमारले ३ हजार ४३७ मत प्राप्त गरे ।
उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी सुमुना श्रेष्ठ ३ हजार ८३४ मतसहित विजयी भएकी छन् । उनले ३४७ मत अन्तरले एमालेकी अनिता न्यौपानेलाई हराइन् । अनिताले ३ हजार ४८७ मत पाएकी छन् ।