इटहरी । सुनसरीको इटहरी उपमहानगरमा मेयरमा गठबन्धन उम्मेदवारले अग्रता कायमै राख्दा गठबन्धनका उपमेयर भने एमाले उम्मेदवारभन्दा धेरै पछि परेका छन् ।
मेयरमा काङ्ग्रेसका हेमकर्ण पौडेल ८२३४ मतसहित अगाडि छन् । उनलाई एमालेका याम सुब्बाले ६८१० मत ल्याएर पछ्याइरहेका छन् ।
उपमेयरमा भने एमालेकी संगिता चौधरीले ७५६४ मतसहित अग्रता कायम राखेकी छन् । उनलाई पछ्याइरहेका गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका केशव विष्टले ५१०४ मत मात्र पाएका छन् ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!