ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तेजन खनाल निर्वाचित भएका छन् ।
नेकपा एमाले इच्छाकुमारी गुरुङलाई १ हजार १२१ मतले पछि पार्दै खनाल विजयी भएका हुन् । उनले ६ हजार ७९१ मत प्राप्त गर्दा गुरुङले ५ हजार ६५० मत ल्याइन् ।
उपमेयरमा भने नेकपा एमालेका केदारबाबु बस्नेत विजयी भएका छन् । उनले माओवादी केन्द्रका रुपेश शाक्यलाई ५१६ मतले पछि पार्दै जित हात पारे । बस्नेतले ५ हजार ६ सय ९८ मत पाउँदा शाक्यले ५ हजार १ सय ५२ मत पाए ।