धरानमा गठबन्धनको अग्रता, एमालेभन्दा स्वतन्त्र अगाडि

धरान । सनुसरीको धरान उपमहानगरपालिकामा गठबन्धनले अग्रता कायम गरिरहँदा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले एमालेलार्इ फेरि उछिनेका छन् ।

सोमबार दिनभरीजसो तेस्रो स्थानमा रहेका मेयरका स्वतन्त्र उम्मेदवार साम्पाङ मंगलबार बिहानैदेखि दोस्रो स्थानमा उक्लिएका छन् ।

अहिलेसम्म १७४९५ मत गनिसक्दा गठबन्धनका मेयर उम्मेदवार किशोर राई ५१११ मतसहित अग्रस्थानमा छन् । उनलाई ४४५० मत ल्याएर हर्क साम्पाङले पछ्याइरहेका छन् । एमालेकी मन्जु भण्डारी ४४३४ मतसहित तेस्रोमा छिन् ।

उपमेयरमा गठबन्धनका माओवादी उम्मेदवार अइन्द्रबिक्रम बेघा ५७६० मतसहित अग्रतामा छन् । उनलाई एमालेका पदम लिम्बूले ५३९९ मतसहित पछ्याइरहेका छन् ।

जेष्ठ ३, २०७९, बिहानको ०८:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर