ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
अध्यक्षमा नेकपा एमालेका मानबहादुर राई निर्वाचित भएका हुन् ।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका प्रदीप राईलाई ७०३ मत अन्तरले पराजित गर्दै राई अध्यक्ष चुनिएका हुन् । मानबहादुरले ३०८५ मत ल्याए भने निकटतम प्रदीपले २३८२ मत ल्याए ।
उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रकी कृष्णकुमारी कडरिया निर्वाचित भएकी छन् । उनले एमालेको समर्थन प्राप्त स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई १ मतको अन्तरले हराएकी हुन् । कडरियाले २३०६ मत ल्याउँदा ताम्लिङले २३०५ मत पाएका थिए ।