विराटनगर । विराटनगर महानगरपालिकाको मेयर र उपमेयर पदमा नागेश कोइराला र शिल्पा कार्कीले मतान्तर थप फराकिलो बनाएका छन् ।
मंगलबार विहानसम्मको गणनामा मेयर पदमा कोईराला १७६७ मतसहित अग्रता कायम गरेका छन् । उनले ७५९१ मत प्राप्त गरेका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका सागर थापाले ५८२४ मत प्राप्त गरेका छन् ।
मेयर पदमा स्वतन्त्र उम्मेदवार उमेश यादवले २५४४ र राप्रपाका प्रह्लाद साहले १४५० मत प्राप्त गरेका छन् ।
महानगरको उपमेयरमा एमालेकी शिल्पा निराला कार्कीले २३९६ मतको अन्तरले अग्रता बनाएकी छन् । उनले ६६३३ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले ४२३७ मत प्राप्त गरको छन् । उपमेयरमा राप्रपाकी बिन्दाकुमारी लुइँटेलले १८०७ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १४८६ मत पाएकी छन् ।