लोड हुँदैछ...

मेनु

खोटाङको रावाबेसीमा काँग्रेस र एमाले विजयी

खोटाङको रावाबेसीमा काँग्रेस र एमाले विजयी

खोटाङ । खोटाङको रावाबेसी गाउँपालिका अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ विजयी भएका छन्।

श्रेष्ठ २ हजार ४८९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकुमार पोखरेलले २ हजार ३०३ मत ल्याए ।

उपाध्यक्षमा भने नेकपा एमालेकी कौशिलाकुमारी गुरूङ २ हजार २५७ मतसहित विजयी भएकी छन्। उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लिलानारायण श्रेष्ठले २ हजार १२० मत पाए ।

रावावेशीमा अघिल्लो निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै नेकपा एमालेले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।