इलामको चुलाचुलीमा कांग्रेसले विजयी

इलाम । इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ।

कांग्रेसका राजेन्द्र केरूङ ६ हजार ६५० मतसहित अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिष्पर्धि नेकपा एमालेका ओमनारायण खनालले तीन हजार ७५५ मत पाए भने एकीकृत समाजवादीका नारायण लावतीले ५०५ मत पाए।

गाउँपालिका उपाध्यक्षमा भने नेकपा एमालेकी दिलकुमारी लिम्बु निर्वाचित भइन्। उनले ४४५० मत पाएकी छन् । नेकपा माओवादी केन्द्रका शुक्रबबहादुर लावती ३४४२ मत पाएर पराजित भए ।

जेष्ठ ३, २०७९, बिहानको ०७:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर