ओखलढुंगाको मोलुङमा एमाले विजयी

विराटनगर । ओखलढुंगाको मोलुङ गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुबै जितेको छ।

एमालेका उम्मेदवार उत्तम राईले ४०५२ मतसहित अध्यक्ष जितेका हुन्। उनले नेपाली कांग्रेसका राजनकुमार दाहाललाई हराए। दाहालले ३४६२ मत ल्याएका थिए।

गाउँपालिका उपाध्यक्षमा पनि एमाले उम्मदेवार विजयी भए। उपाध्यक्षमा ४२०० मतसहित उर्मिला खतिवडा निर्वाचित भइन्। नेकपा माओवादी केन्द्रका कुलबहादुर खत्री २०९६ मत पाएर पराजित भए ।

मोलुङमा कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन भएको थियो। अघिल्लो निर्वाचनमा गाउँपालिकाको अध्यक्ष एमाले र उपाध्यक्ष काँग्रेसले जितेको थियो ।

जेष्ठ ३, २०७९, बिहानको ०७:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर