खोटाङको साकेला अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

खोटाङ । खोटाङको साकेला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रविप्रकाश राई विजयी भएका छन् ।

राईले १ हजार ८५० मत ल्याएर विजयी भएका हुन् । राईका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अर्जुनकुमार खड्काले १ हजार ७७२ मत ल्याएर पराजित भए । एमालेका गोपीकृष्ण खड्काले ९६७ मत पाए ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी बिर्सिका राई विजयी भएकी छन् । उनले २ हजार १२ मत ल्याइन् । उनकी निकटतम् प्रतिद्वन्दी कांग्रेसकी सरिता खड्काले १ हजार २४ मत र एमालेकी दिलकुमारी राईले ९८६ मत ल्याएकी छन् ।

जेष्ठ २, २०७९, रातीको ०८:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर