प्रदेश १ मा नेकपा एसको खाता खुल्योः उदयपुरगढी गाउँपालिकामा विजयी

प्रदेश १ मा नेकपा एसको खाता खुल्योः उदयपुरगढी गाउँपालिकामा विजयी

उदयपुर । प्रदेश १ मा नेकपा एककीृत समाजवादीले उदयपुरको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा जित निकाल्दै खाता खोलेको छ ।

गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका मानबहादुर क्याप्छाकी मगर निर्वाचित भएका छन् । उनले ४९४२ मत ल्याएर जितेका हुन् । उनका प्रतिष्पर्धी एमालेका गोपालबहादुर खत्रीले ४११४ मत ल्याएका छन् ।

उपाध्यक्षमा काँग्रेसका जीतबहादुर खड्का ४६४८ मतसहित विजेता बन्दा प्रतिष्पर्धी एमालेकी शोभाकुमारी मगरले ३८६३ मत पाएकी छन् । गाउँपालिकामा काँग्रेस र समाजवादीको गठबन्धन थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्